यस्तो छ आजको विनिमय दर

बेटिङ कारोबारमा संलग्न ६ जना पक्राउ,४१ करोडभन्दा बढीको कारोबार

काठमाडौँ । विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कूल ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिलीप सिंह कठायत‚ भुपालराज न्यौपाने‚ नयनराज भण्डारी‚ वरुणकुमार सिंह‚ वासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् ।

प्राप्त भएका विवरणअनुसार पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म कूल ९ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङमार्फत कारोबार भएको देखिएको उनले जानकारी दिए ।

पक्राउ गरेसँगै उनीहरूले कारोबार गर्दै आएको बैंक खाताहरू रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयाे ।

अनुसन्धानका क्रममा विभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खातामार्फत जम्मा १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकममा बेटिङ कारोबार गरेको देखिएकोमा सो बैंक खाताहरूसमेत रोक्का राखी थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयाे  ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : ५३ बजे