काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षारोपण गर्नुभएको छ ।
उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो ।
वृक्षारोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्व सचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उहाँको भनाइ छ ।
वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नाग देवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।
गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षारोपण गराइने योजना रहेको भुसालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १० : १२ बजे
प्रतिक्रिया