सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

झापा  । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बलेर ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  मङ्गलवार राति १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको हो। 

उक्त दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधवार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ।  

गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीका प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ०६ बजे