राष्ट्रपति भवनमा घटस्थापना

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । 

सत्ता साझेदारसमेत रँहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो  । 

मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत लिने भएपछि चैत ८ गते दिउँसो ३ः०० बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यसअघि, मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो । जसअनुसार नेकपा एमाले, नेपाली काङ्ग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उहाँले भारी मतसहित विश्वासको मत पाउनुभएको थियो । उहाँको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिनुभएको थियो।

आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णीत अवस्थामा रहेको छ । 

केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको गठबन्धन भत्किए पछिको परिस्थितिले एमालेलाई माओवादी केन्द्रका मुख्यमन्त्री जम्मरकट्टेललाई मत दिने कि नदिने भन्ने अन्योल बढाएको हो ।  

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । प्रदेश सरकारले दोस्रो पटक विश्वासको मत लिन लागेको यो पहिलो पटक हो । 

 

 

 

 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ७ : २० बजे