दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एम्बाप्पे अब फ्रान्सको राष्ट्रिय फुटबल टोलीकाे कप्तान

काठमाडाैं । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तान बनेका छन् ।

यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

एम्बाप्पे पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यवसायिक फुटबल खेल्छन् ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  २ : ०३ बजे