बाढीको स्थितिमा सुधार

५ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी छ ।

गत आइतबार सुनको मूल्य हाल सम्मकाे उच्च बिन्दुमा पुगेकाे थियाे । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेकाे थियाे ।

यस्तै, सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला २ सय रुपैयाँ मात्र कम हो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो । सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ३८ बजे