युक्रेनलाई हतियार दिने अमेरिका हो चीन होइन : चिनियाँ विदेश मन्त्रालय

बेइजिङ – द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार  उल्लेख गर्नु भएको छ  । "चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने  गरेको हो," प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भन्नु भएको छ । 

चीन सधैं शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि बताउँनु भएको छ । "युक्रेनी युद्धभूमिमा हतियार उपलब्ध गराउने चीन होइन, संयुक्त राज्य अमेरिका हो," वाङले संयुक्त राज्य अमेरिकालाई आगोमा  घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गर्नु भएको छ ।

अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्छ, वाङले थप्नुभयो ।  

रासस-सिन्ह्वा

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ०१ बजे