एमालेको सचिवालय बैठक सुरु

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर.थम्पसनले भेटवार्ता गर्नुभएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नु भएको हो ।

भेटमा नेपाल र अमेरिकाबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : २९ बजे