बाढीको स्थितिमा सुधार

तेतिस अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । 

राष्ट्र बैंकका अनुसार २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो । 

आज दिउँसो ३ बजे यस ट्रेजरी बिलका लागि बोलकबोल हुनेछ । 

केन्द्रीय बैंकका अनुसार २८ दिनको लागि ५ अर्बको ट्रेजरी बिल जारी गर्ने र उक्त ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुने छ भने ९१ दिनको लागि पनि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्नेछ ।  यो ट्रेजरी २०८० असार ५ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले  १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँका ट्रेजरी बिल जारी गर्नेछ, जुन  २०८० असार २ मा परिपक्व हुनेछ ।

यसैगरी ३६४ दिनको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिने ट्रेजरी बिल २०८० चैत ६ गते परिपक्व हुने बैंकले जनाएको छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : २४ बजे