राष्ट्रपति भवनमा घटस्थापना

सुदूरपश्चिम प्रदेशमा अनेरास्ववियुको वर्चस्व, ३४ क्याम्पस मध्ये १६ मा विजयी

धनगढी । नेकपा एमाले निकट अनेरास्ववियुले सुदूरपश्चिम प्रदेशमा आधाभन्दा बढी क्याम्पसमा जीत हासिल गरेको छ ।

आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका ३४ क्याम्पस मध्ये  अनेरास्ववियुले १६ क्याम्पसमा जीत हासिल गर्दै वर्चस्व कायम गरेको हो । 

अनेरास्ववियुका महासचिव नरेश रोकायाका अनुसार सुदूरपश्चिममा अनेरास्ववियुले १६, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले ८, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले १ र क्याम्पसमा जीत हासिल गरेको हो । 

उहाँका अनुसार बुढी नन्दा क्याम्पस बाजुरामा मतगणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मतगणना जारी रहेको छ ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : २० बजे