एमालेको सचिवालय बैठक सुरु

नेपाल प्रहरीका पाँच डिआइजीलाई एआईजीमा बढुवा

काठमाडौँ  । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। 

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका पाँच जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ०० बजे