बाढीको स्थितिमा सुधार

ठेक्का लिँदै, अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन

जाजरकोट – भेरी कोरिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ । क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडक खण्ड भित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरू क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन् ।

 सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्माण गर्ने गरी भएका बोलपत्र गरिएको थियो । ठेक्का लिएको एक वर्ष बित्दा सम्मा काम नै सुरु गरिएको छैन । नलगाड नगरपालिकाको ताँसुगाड पुल , मैदेखोला , त्रात्रगाड, झुम्रेखोला र नलगाड नदीमा क्याराभान कन्स्ट्रक्सनले पुल निर्माण नगरेको हो । 

जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणी स्थित भेरी नदिको पुल समेत क्याराभान कन्स्ट्रक्सनले लिएर ठेक्का बिक्री गरेको छ । दुई वर्ष सम्म ठेक्का होल्ड गरेर क्याराभान कन्स्ट्रक्सनले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको छ । 

जगदुल्ला हाइड्ररोपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो । सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौँबाटै खोलिएका यी ठेक्काहरू अहिले वर्ष दिन देखि अलपत्र परेका छन् । डिजाइन स्टिमेट मन्त्रालयमा असोज देखि थन्किएको छ । क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले डिजाइन स्टिमेट पास गर्न पुल महाशाखालाई ताकेता गरेर फिल्डमा आएर तत्काल काम गर्नुको साटो चुप लागेर बसेको आरोप लाग्दै आएको छ ।

 अहिले केही  भेरी नदिका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रिज पुलहरू निर्माण गरेर यातायातका साधनहरू सञ्चालन भइरहेका छन् । त्यस्तै जाजरकोटको तल्लुबगर , डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर वाइपी एमआर जेभीले चितवनले ठेक्का पाएको थियो । २६ माघ २०७९ पुल महाशाखामा सम्झौता भइसकेको छ । सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टिमेटको काम भइरहेको छ ।  

यो कामको अनुगमन तथा मूल्याकंनको काम  पुल सेक्टर सुर्खेतले हेर्दै आएको छ । ६ महिना भित्र डिजाइन गरिसकेर पुलको भौतिक तर्फको काम सुरु गर्नुपर्ने रहेको छ । त्यस्तै डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ ।

 भेरी कोरिडोर अन्तर्गत जाजरकोटको पासागाड देखि डोल्पाको मरिम सम्म २३१.५ किलोमिटर लम्बाइ रहेको छ । भेरी कोरिडोरको जम्मा लम्बाई ३१० किलोमिटर रहको छ । अहिले पासागाड –रिम्ना हुँदै तल्लु बगर सम्म पिचको काम सुरु भएको छ । यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा बर्सेनि सास्ती हुँदै आएको छ ।

 अहिले एकाध ठाउँमा बेलिब्रिज बाट भेरी नदीमा पुल निर्माण भएपछि कम भार वहन क्षमता भएका ट्रकहरू डोल्पाको सदरमुकाम दुनै पुग्ने गरेका छन् । सडक डिभिजन चौरजहारीले यस सडक खण्डमा पिचको काम गर्दै आएको छ । यति बिल्ड्रसले पिचको ठेक्का लिएको छ । ठुला भार बहन क्षमता भएका सवारी साधन तथा बसहरू सञ्चालन हुनका लागि यस सडक खण्डमा पक्की पुल निर्माण हुनु जरुरी रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : ३७ बजे