साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जिरी क्याम्पसमा २ मतले अनेरास्ववियुको शानदार जित

दोलखा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ । आइतबार भएको मतदान सकिएलगत्तै दोलखाको जिरी क्याम्पसमा भएको मतगणनामा २ मतको अन्तरले एमालेनिकट अनेरास्वयुकी ज्योती खड्का सभापतिमा निर्वाचित भएकी छन् ।

उनले २३ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार बिनोद बस्नेतले २१ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिवमा भने गठबन्धनका लिला जिरेल २३ मत पाएर विजयी भएका छन् । कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरुमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित भएका छन् ।

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले खाता खोलेको छ । बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको हो ।

सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत पाएका थिए । सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा सुनिता जोशी विजयी भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : १७ बजे