नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ सोमबार बिहान १० बजे

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने हुनुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएकाे थियाे । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएकाे थियाे । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : ३० बजे