बाढीको स्थितिमा सुधार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, १ लाख १० हजार रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

यसअघि, शुक्रवार तोलामा ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यो मूल्य पछिल्लो रेकर्डभन्दा २ हजार ५ सय रुपैयाँ बढी हो।

यसअघि, गत १९ माघमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रवार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रवार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो। 

शुक्रवार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ११ : ४१ बजे