राष्ट्रपति भवनमा घटस्थापना

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ  । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

आज बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

यसअघि, सानेपास्थित केन्द्रीय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यस पटक बानेश्वरस्थित संसद् भवनमा बोलाइएको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहनुभएका बेला काँग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो । 

काँग्रेस नेताहरूका अनुसार सो बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।

यसअघि, पुस २६ मा पनि पनि काँग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो। एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई काँग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो । 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : ५८ बजे