राष्ट्रपति भवनमा घटस्थापना

देशैभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै 

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुदैछ ।

त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

काठमाडौँ उपत्यकासहित देशैभरका क्याम्पसमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिभुवन विश्वविद्यालयले कार्य तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । 

पहिलो पटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : ४९ बजे