रूसी राष्ट्रपति पुटिन एकीकरणको वर्षगाँठमा क्रिमिया भ्रमणमा

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौं वर्षगाँठको अवसरमा शनिबार क्रिमियाको भ्रमण गर्नुभएको छ । 

    ‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गर्नुभएको थियो ।
 “हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने तरिका थाहा छ । राम्रो तरिकाले,” रज्भोजायेवले रूसी सामाजिक सञ्जाल टेलिग्राममार्फत् भन्नुभयो । पुटिनले भिडियो लिङ्कमार्फत बाल कला विद्यालयको उद्घाटनमा भाग लिने उहाँले बताउनुभयो । 

    “तर भ्लादिमिर भ्लादिमिरोभिच पुटिन कुनै पूर्वघोषित कार्यक्रम विना नै अकस्मात आँफै गाडी चलाएरै क्रिमिया पुग्नुभएको थियो । क्रिमियाका लागि ऐतिहासिक मानिएको यो दिनमा राष्ट्रपति सधैं सेवस्तोपोल र सेवस्तोपोलका जनताको साथमा रहँदै आउनुभएको रज्भोजायेवले बताउनुभयो । 

रासस÷एएफपी

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : १२ बजे