नयाँलाई कमाण्डको अवसर दिंदै शसस्त्र प्रहरीका ५० जना डिएसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले १३३ जना सशस्त्र प्रहरी निरीक्षकसँगै डीएसपीको पनि सरुवा गरेको हो।

उपराष्ट्रपतिको निर्वाचनका कारण आचारसंहिता लागु भएपछि सशस्त्रले सरुवा गर्नका लागि निर्वाचन आयोगसँग अनुनमति लिएको थियो। संगठनले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राख्दै सरुवा गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले जानकारी दिनुभयो।

उनीहरुलाई जेष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट ९बीओपी० र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको थापाले बताउनुभयो।

अवकास नजिक पुगेका तर विगतमा कमाण्डको जिम्मेवारी कम पाएकालाई पनि प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ११ : ३९ बजे