पाकिस्तानी पूर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुँदै 

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुनुहुने भएको छ ।

तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख समेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिएपछि उहाँ अदालतमा हाजिर हुन लाग्नुभएको हो । 

अदालतले उहाँलाई  १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आउनुभएको थियो। जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उहाँलाई चैत २८ गतेसम्म जमानत दिएको छ। 

उपहार पाएको सामग्री गैर कानुनी रूपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्यायिक टिप्पणी गरेको अभियोग उहाँ माथि छ । गत साता उहाँलाई पक्राउ गर्ने प्रयास भएपछि उहाँका समर्थकहरूले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जनौँ घाइते भएका थिए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : ३० बजे