भारत–बंगलादेश क्रस बोर्डर इनर्जी पाइपलाइनको उद्घाटन आज

​​​​​​​काठमाडौं । भारतीय प्रधानमन्त्री र बंगलादेशी समकक्षी शेख हसिनाले आज दुई मुलुकबीच हालै निर्माण सम्पन्न इन्धन पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम छ । दुबै प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट पाइपलाइन उद्घाटन गर्ने बताइएको छ ।

भारत सरकारको दुई अर्ब ८५ करोड भारतीय रुपैयाँ र बाँकी बंगलादेशको गरी कुल तीन अर्ब ७७ करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न उक्त पाइपलाइनबाट वार्षिक १० लाख मेट्रिक टन डिजेल भारतबाट बंगलादेश पुग्नेछ । उक्त डिजेल बंगलादेशको उत्तरी भेगका सात वटा जिल्लामा आपूर्ति हुने भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : १९ बजे