राष्ट्रपति भवनमा घटस्थापना

चैत १० गतेभित्र सरकारलाई पूर्णता दिने गरी प्रधानमन्त्री छलफलमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चैत १० गतेभित्र पूर्णता पाउने भएको छ ।

प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संसद् भवनमा भएको छलफलपछि चैत १० गतेभित्र सरकारलाई पूर्णता दिने बारेमा छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री दाहालले आफूले चैत्र ६ गते विश्वासको मत लिने र चैत १० गते भित्रमा सरकारले पूर्णता पाउने गरी छलफल सुरु गर्नुभएको छ। ‘विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने गरी छलफल अघि बढेको छ,’ लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘ विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता पाउनेछ,’ दाहालले भन्नुभयो । उहाँका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रीमण्डल विस्तारका लागि भागबन्डा गर्ने कार्य विश्वासको मत लिएपछि अघि बढनेछ ।  

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि एक दर्जनभन्दा बढी मन्त्रालय रिक्त रहेका छन् । तीन पार्टीले छाडेका मन्त्रालय रिक्त भएपछि सरकारी काम कारबाही सहज ढङ्गले अघि बढ्न सकेको छैन। 

तीन वटा पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हालिरहनुभएको छ । 

यसैगरी, अर्थ, कृषि तथा पशुपक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्‌ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व हाल रिक्त रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ३४ बजे