स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने : प्रधानमन्त्री

ब्राटिस्लाभा – स्लोभाकियाले युक्रेनलाई १३ मिग-२९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले शुक्रबार बताउनु भएको छ ।

पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकका दोस्रो नेटो सदस्य राष्ट्र हो ।

"हामी हाम्रा १३ मिग-१९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं," स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भन्नु भएको छ । साथै उहाँले  युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताउँनु भएको छ ।

रासस-एएफपी

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : ५८ बजे