आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दाङमा निसासिएर महिलाको मृत्यु

तुलसीपुर । दाङमा निसासिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-५ देविस्थान बस्ने ४० वर्षीया पार्वती घर्तीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ।

एककोठे जस्ता पाताले छाएको घरमा सानो भेन्टिलेसन मात्रै रहेको र सुत्ने सिरक डसना आगो लागेको अवस्थामा फेला परेको हुँदा त्यही धुँवाका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए।

उनको घर गाउँभन्दा झन्डै डेढ सय मिटर टाढा एकान्त ठाउँमा रहेको र उनी एक्लै बस्दै आएकी थिइन्। स्थानीय बासिन्दाका अनुसार मृतक घर्तीले सधैँ मापसे गर्ने र चुरोट पनि सेवन गर्ने गरेका हुँदा मापसे गरेको समयमा चुरोट खाएर ठुटो फाल्दा सिरक वा डसनामा परेपछि त्यहीबाट आगो सल्किएर कोठामा धुँवा भरिदा  निसासिएर मृत्यु भएको जस्तो अवस्था देखिएको प्रहरीले बताएको छ।

उनको शरीर भने कतै नजलेको पनि प्रहरीको भनाइ छ। भित्र चुकुल लगाइएको ढोका फोडेर हेर्दा उनी ढोका नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ४ : ५५ बजे