राष्ट्रपति भवनमा घटस्थापना

देशभर आंशिकदेखि सामान्य बदली, आज दिउँसो काठमाडौँमा पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो।

अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।

आज काठमाडौँमा दिउँसो १ २ बजेपछि हल्का वर्षाको सम्भावना रहेको कडेलको भनाइ छ। तर, लामो समयसम्म र ठुलो पानी नपर्ने उहाँले जानकारी दिनुभयो

आज तराईका केही जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको उहाँले बताउनुभयो। उहाँले आज सामान्य अवस्थामा भन्दा केही बढी हावाहुरी चले पनि ठुलै असर भने नगर्ने उहाँले स्पष्ट पार्नुभयो।

 

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ०६ बजे