राष्ट्रपति भवनमा घटस्थापना

उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

काठमाडौँ । नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्मको समय निर्धारण गरिएको छ।

उपराष्ट्रपति पदको निर्वाचनमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरूले भने मतदानमा भाग नलिने जनाएका छन्। राप्रपाले गएको बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन्। राप्रपाको कुल मत भार दुई हजार ४५० हुन्छ। राप्रपा गएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको थियो।

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : २९ बजे