काठमाडौं । ह्याक भएको प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फिर्ता भएको छ।
प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत बुधबार रातिबाट ह्याकरको कमान्डमा चलेको अकाउन्ट पुनः फिर्ता भएको जानकारी दिएको छ ।
ह्याकरले उक्त ट्विटर अकाउन्टबाट तीन फरक फरक असान्दर्भिक ट्विट समेत गरेको थियो ।
प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार ३ : ५७ बजे
प्रतिक्रिया