दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरेका छन् ।

एकातर्फबाट विकेट ढलिरहँदा उनले अर्को इन्डबाट यूएईका बलरहरुमाथि कडा प्रत्याक्रमण गरेका हुन् ।

भुर्तेलले ३२ बलमा नै आफ्नो अर्धशतक पूरा गरे । उनको इनिङमा चार छक्का र तीन चौका समावेश छन् । उनले यूएईका फिल्डरबाट एकपटक जीवनदान पाएका थिए ।

कुशल त्रिवि मैदानमा उत्कृष्ट ब्याटिङ गर्ने गर्छन् । आज नेपालको चेज धेरै हदसम्म उनको ब्याटिङमा टिकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ३ : ०० बजे