दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सन्दीप लामिछानेको बलमा आसिफद्वारा लगातार ४ छक्का प्रहार

काठमाडौँ । आइसिसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिजमा युएईका ब्याटर आसिफ खानले कीर्तिमान  बनाएका छन् ।

आसिफले ४१ बलमा ४ चौका र ११ छक्का हानेर सर्वाधिक छिटो शतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनी ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने चौथो खेलाडी बनेका छन् ।

आसिफले ४८ औ ओभरमा नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा लगातार ४ छक्का प्रहार गरेका थिए । 

युएईले नेपाललाई जितको लागि ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : ५९ बजे