दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले चौथो विकेट गुमाएको हो । दीपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो सफलता दिलाए । उनले आयन अफ्जल खानलाई तीन रनमा आउट गराए । यसअघि सीपी रिजवान सात रनमा रनआउट भए । उनलाई भीम शार्की र आशिफ शेखले रनआउट गराए । 

यसअघि नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले विकेट लिएका थिए । सन्दीपले कप्तान मोहम्मद वासिमलाई आउट गराए । वासिमले ४९ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । त्यस्तै, ललितनारायण राजवंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्डआउट गराए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ४४ बजे