दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विश्वकप क्रिकेट लिग–२ : तेस्रो जीतका लागि नेपाल आज युएईसँग भिड्दै

काठमाडौँ ।  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दै छ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । नेपाल पुनः युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ ।  

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो । 

घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकालेपछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ ।

लिग–२ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिनपछि नेपाल आज पुनः युएईसँग भिड्न लागेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ६ : ४२ बजे