पाकिस्तानमा इमरान खानलाई पक्राउ गर्ने प्रयास, दोस्रो दिनसमेत मुठभेड

पाकिस्तानको मुख्य विपक्षी दलका नेता इमरान खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताउनुभएकाे छ।

उहाँले  भन्नुभयाे, "उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ।" तर उहाँले पाकिस्तानमा "जङ्गली राज" रहेको आरोप लगाउनुभयाे।

मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उहाँको निवासबाहिर मुठभेड भएको थियो।

बुधवारसमेत उहाँलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका छन्।

खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिररहनुभएकाे  छ ।  जुन मुद्दालाई खानले राजनीतिक मनसायले प्रेरित बताउँदै  आइरहनुभएकाे छ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : १२ बजे