फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रले सहभागिता जनाउने 

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रले सहभागिता जनाउने भएका छन्। 

फिफा काउन्सिलको गए राति बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको सङ्ख्या बढाउँदै ४८ पुर्‍याउने निर्णय गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन् । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुँदै आएको थियो ।

रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गए राति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन्। 

यस्तै, तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन्। जसअनुसार २०२६ को विश्वकपमा अब कुल १०४ खेल हुनेछ।

२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ११ : ४२ बजे