पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न घर पुग्यो प्रहरी

काठमाडाैँ । सशस्त्र प्रहरीका गाडीहरू पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न मंगलवार उनको घर पुगेका छन् । लाहोरको जमान पार्कमा प्रहरी पुग्दाखेरी खानको पाकिस्तान तहरीक ए इन्साफ दलका कार्यकर्ताहरू भेला भएका छन् । 

जमान पार्कमा आउन अनि शान्त रहन कार्यकर्ताहरूलाई पीटीआईका नेताहरूले आग्रह गरेका छन् । 

खानलाई कुन जाहेरीका आधारमा पक्राउ गर्न लागिएको हो भनी इस्लामाबाद प्रहरीले विस्तृत विवरण दिन मानेको छैन । 

इस्लामाबाद डीआईजी (अपरेसन्स) शाहजाद बुखारीले प्रहरी न्यायिक प्रक्रिया गर्न खोजेको र सबैले यसमा प्रहरीलाई सहयोग गर्ने आशा व्यक्त गरे । 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : ०२ बजे