निजामती कर्मचारी अस्पतालले माग्यो कर्मचारी

काठमाडौँ – निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।  

अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न अस्पतालले आवेदन आह्वान गरिएको हो ।

 न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । 

आवेदन अस्पतालको वेबसाइटमार्फत अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ ।  

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ३४ बजे