एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

काठमाडौँ । नेकपा (एमाले)को प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनीत हुनुभएको छ ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनीत गर्नुभएको हो । 

दुवैलाई यही फागुन २५ गतेदेखि लागू हुने गरी मनोनयन गर्नुभएको हो । गिरी पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी बागमती प्रदेशको उपसचिव हुनुहुन्छ । 

उहाँहरू दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्षसमेत रहनुभएका ओलीले मनोनयन गर्नुभएको हो ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ०५ बजे