१९७५ अंकमा झर्‍यो सेयर बजार, सबै सूचकमा गिरावट

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से आइतबार १९७५ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २६.८ अंकले घटेर १९७५ अंकमा कायम भएको हो । दिनभर कुल १ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कुल २६ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ६ को स्थिर रहृयो ।

सेन्सिटिभ सूचकका साथै सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ २२, विकास बैंक ५२, फाइनान्स २८, होटल तथा पर्यटन ३१, जलविद्युत् ३८, जीवन बीमा १३८, उत्पादन १७, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११९, अन्य ८ र ब्यापार उपसमूह २४ अंक घटे । शुभम् पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ४ र नाडेप लघुवित्तको ३ प्रतिशत बढ्यो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ३३ बजे