१ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदीको मूल्य आज बढेको छ । 

गत शुक्रवारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक हजार ७सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रवार पनि ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ किनबेच भइरहेको छ । 

यसैगरी, आज तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । गत शुक्रवार चाँदी पाँच रुपैयाँले घटेर १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो । 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १२ : २७ बजे