सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने

 काठमाडौँ । सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ ।

सर्वोत्तमले आफ्नो जारी पुँजी मध्ये १२.६६३ प्रतिशत सेयर निष्कासन गर्ने भएको हो।  सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ । 

प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट हस्ताक्षर गरेका छन् । 

सौरभ ग्रुपद्वारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आइरहेको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : १४ बजे