आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आरआरमा खुकरी आतंक मच्चाउने नेकपा एसका कार्यकर्ता पक्राउ

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भइरहेको समयमा नेकपा एस निकट विद्यार्थीहरु  आरआर क्याम्पसमा खुकुरी आतंकसहित तान्डब्य मच्चाएका छन् । 

शनिवार उम्मेदवारी दर्ताको समयमा रत्न राज्य क्याम्पसमा  नेकपा एसका एक कार्यकर्ताले खुकुरी आतङ्क मच्चाएका हुन्  ।
क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ ।

 

भिडिओमा उनी खुकुरी लिएर केही विद्यार्थीहरूलाई लखेट्न खोजिरहेका छन् । प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी भने होइनन् ।

खुकरी आतंक मच्चाउने उनलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरीसहित पक्राउ पर्ने व्यक्ति मनोज चन्द भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनलाई स्ववियु सभापति तपेन्द्रजंग शाहीसहितका अखिलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्  ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : २३ बजे