उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने एमालेको निर्णय

​​​​​​​काठमाडौँ । नेकपा एमालेले उपराष्ट्रपति पदका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई  उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

सो निर्णयसँगै शाक्यसहित एमालेका प्रतिनिधिमण्डल बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न जाँदैछन् । 

चैत ३ गते हुने  उपराष्ट्रपति पदकाे निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ०० बजे