आगलागीमा परी उदयपुरमा एकै घरका दुई बालबालिकाको मृत्यु

उदयपुर  । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो । 

शुक्रवार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो । 

आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको बखतमा आगलागी हुँदा दुवै जनाको मृत्यु भएको हो भने आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : ५३ बजे