दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ए डिभिजनका आज तीन वटा खेल: दुई वटा रङ्गशालामा, एउटा च्यासलमा हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छ। 

तेस्रो चरणअन्तर्गत आज च्यासल रङ्गशालामा एउटा र दशरथ रंगाशालामा दुई वटा गरी तीन वटा खेल हुन लागेको हो।

दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने साढे २ बजे नै सोही समयमा दशरथ रङ्गशालामा एपीएफ क्लब र जावलाखेल भिड्ने छन्। 

यता, साढे ५ बजे दशरथ रङ्गशालामै हुने अर्को खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : ४९ बजे