उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमाले सचिवालयको बैठक सुरु भएको छ । 

ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सचिवालयको बैठक अहिले भरखरै सुरु भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बैठकमा उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने र उम्मेदवारी दर्ता गर्ने विषयमा छलफल हुनेछ । 

आज ९ः०० बजेदेखि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्य तालिका रहेको छ  । 

देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते निर्वाचन हुँदैछ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : १८ बजे