सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेको छ । आजको गठबन्धनको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने बताइएको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ३२ बजे