साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

टिपर र ट्रक व्यवसायलाई सम्मानित बनाऔँ : मन्त्री श्रेष्ठ

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले टिपर तथा ट्रक व्यवसायलाई सम्मानित बनाउनुपर्ने बताउनुभएको छ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको नवौँ वार्षिक साधारणसभा तथा छैँटौँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको आधार टिपर तथा ट्रक व्यवसाय भएकाले यसलाई सम्मानित बनाउनुपर्ने बताउनुभएको हो । 

“मुलुकको विकास निर्माणको अभियानमा टिपर तथा ट्रक व्यवसायीको महत्वपूर्ण योगदान रहेको छ, टिपर तथा ट्रकका चालक तथा सहचालक अनुशासित हुनुपर्छ,” उहाँले भन्नुभयो । शिक्षामन्त्री श्रेष्ठले बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म टिपर तथा ट्रक सञ्चालन गर्ने निर्णय अव्यावहारिक भएको भन्दै यसलाई व्यावहारिक बनाउन आफूले सम्बन्धित निकायसँग छलफल गरेर निकाश निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सांसद भूमी त्रिपाठीले टिपर र ट्रकलाई दिउँसोको समयमा नाकामा रोक्नुभन्दा सरकारले वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताउनुभयो । वाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले मुलुकको आर्थिक उपार्जनको मुख्य क्षेत्र टिपर तथा ट्रक भएकाले यसलाई निर्वाध ढङ्गले चल्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले टिपर तथा ट्रक व्यवसायमा निजी क्षेत्रको अर्बौँ लगानी रहेकाले त्यसको सुनिश्चिताका लागि राज्यले विशेष योजना ल्याउनुपर्दछ भन्नुुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला र समितिका अध्यक्ष रामकुमार चापागाईंले टिपर र ट्रक सञ्चालनमा ठूलो समस्या देखिएको भन्दै यसको समाधानका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । देशभर १५ हजार टिपर तथा ट्रक सञ्चालन रहेकामा वाग्मतीमा मात्र झण्डै नौ हजार टिपर तथा ट्रक सञ्चालनमा रहेको बताइएको छ ।
 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : २५ बजे