रुपन्देहीमा १८ वर्षीया किशोरी मृत फेला

बुटवल । रुपन्देहीमा एक किशोरी मृत फेला परेकी छन् । 

रुपन्देहीको सैनामैना–२, कालिचोकको एक घरभित्र झुन्डिएको अवस्थामा किशोरी मृत फेला परेकी हुन् । 

बुटवल–१७, रानीगन्ज बस्ने १८ वर्षीया अनिशा नेपाली रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  २ : ५६ बजे