दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘ए’ डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल

काठमाडौँ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग आज एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड खेल्दै छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदै गर्दा आज दुई वटा खेल हुन लागेको हो ।

खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा हुनेछ भने हिमालयन शेर्पा र चर्च ब्वाइजको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । 

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ०९ बजे