नवनिर्वाचित राष्ट्रपति पौडेलसँग सभामुखको भेट

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ ।

राष्ट्रपतिको निजी निवास बोहोराटारमा आज बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । 

सो अवसरमा सभामुख घिमिरेले आफू आज साँझ नै अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु)को १४६ औँ सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराउनुभयो । 

नवनिर्वाचित राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेको स्मरण गर्नुभयो ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : १५ बजे