घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो । 

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १२ : २० बजे